पर्सामा थप ४५ जनामा कोरोनाभाइरस संक्रमण

पर्सामा थप ४५ जनालाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा पिसिआर परीक्षण गर्दा ४५ जनालाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको हो । यीमध्ये १४ जना महिला रहेका छन् । 

शनिबार गरिएको परीक्षणमा ४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

यसअघि कोरोना संक्रमितको कन्ट्याक ट्रेसिङ गरेका अधिकांशमा कोरोना संक्रमण पुष्टि भएको हो । यीमध्ये ४३ जना वीरगन्जका भएको बताइएको छ । 

यसअघि वीरगन्जका मेयर विजय सरावगीमा कोरोनासंक्रमण पुष्टि भइसकेको थियो । अब उनको परिवारका अन्य दुई जनालाई र उनलाई भेटेका अन्य ६ जनालाई पनि कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ ।





  • प्रकाशित मिति : साउन १८, २०७७ आइतबार ९:१३:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया