दिल्लीले जन्मदिनको शुभकामना दिँदै सन्दीपलाई दियो यस्ता–यस्ता उपमा

आज २ अगस्ट अर्थात् नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेको जन्मदिन हो । जन्मदिनको अवसरमा सन्दीपलाई आज बधाइ दिनेको ओइरो लागेको छ ।

यसैबीच, सन्दीप सम्मिलित इन्डियन प्रिमियर लिग (आइपिएल) टिम दिल्ली क्यापिटलले पनि उनलाई जन्मदिनको शुभकामना दिएको छ । सोक्रममा दिल्लीले सन्दीपलाई विभिन्न उपमासमेत दिएको छ । उसले सन्दीपलाई डिसीज मिस्टर वल्र्डवाइड, नेपाल्स पोस्टर ब्वाइ, स्पिन प्रोडिगी जस्ता उपमा दिएको छ ।

‘​दिल्लीज मिस्टर वल्र्डवाइड, नेपाल्स पोस्टर ब्वाइ, नेपाल्स पोस्टर ब्वाइ’, दिल्लीले आज ट्विट गर्दै लेखेको छ, ‘सानो उमेरमै ठूलो सफलता हासिल गरेको एउटा युवा ट्यालेन्ट जसले पहिलोपटक आइपिएल खेल्ने नेपाली क्रिकेटरको इतिहास लेख्न सफल भएको छ । जन्मदिनको शुभकामना स्यान्डी !'    

नेपाली बलर सन्दीप क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न हालै ट्रिनिडाड एन्ड टोबागो गएका छन् ।


 





  • प्रकाशित मिति : साउन १८, २०७७ आइतबार ११:२६:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया