सुशान्त सिंहको मुद्दा हेरिरहेका अधिकारीलाई क्वारेन्टिनमा राखेपछि षडयन्त्रको चर्चा

भारतीय अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा अनुसन्धान गरिरहेका बिहार प्रहरीका अधिकारीहरुले आफूहरुलाई मुम्बई प्रहरीले असहयोग गरेको बताएका छन् । मुुम्बई प्रहरीले असहयोग गर्दा आफूहरुले सोचेअनुरुप राम्रोसँग काम गर्न नसकेको उनीहरुले बताएका हुन् ।

यहीबीच यही प्रकरणमा मुम्बई पुगेका एक अधिकारीलाई क्वारेन्टिनमा राखिएको छ । उनलाई क्वारेन्टिनमा राखिनु षडयन्त्र भएको आशंका गरिएको भारतीय मिडिया लाइभहिन्दुस्तानले लेखेको छ ।

पटनाका सिटी एसपी विनय तिवारीलाई मुम्बईमा पुगेपछि प्रहरीले असहयोग गरेको पनि समाचारमा उल्लेख छ । योसँगसँगै तिवारीलाई सोचेर र जानेर नै यस्तो गरिएको बताइएको छ ।

यसबीच सुशान्तको आत्महत्या प्रकरणमा प्रहरीले दैनिक नयाँ तथ्य सार्वजनिक गरिरहेको छ । प्रहरीले सार्वजनिक गरेको नयाँ तथ्यअनुसार ९ देखि १३ जुनको बीचमा सुशान्तको मोबाइलमा १४ सिमकार्ड बदलिएको थियो ।





  • प्रकाशित मिति : साउन १९, २०७७ साेमबार ८:१३:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया