सुशान्तको शव अपार्टमेन्टबाट तल ल्याएदेखि आफूलाई निरन्तर धम्की आइरहेको एम्बुलेन्स चालकको खुलासा

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु भएको करिब ढेड महिना बितिसक्यो । तर, उनको मृत्यु रहस्यमयनैे छ । हरेक कोणबाट गरिएका अनुसन्धानले नयाँ शंका उब्जाएपछि प्रहरी ठोस निष्र्कषमा अझै पुग्न सकेको छैन । यसैबीच, सुशान्तको मृत्युको दिन सोही अपार्टमेन्टमा रहेका एम्बुलेन्स चालकले भिन्न खालको अभिव्यक्ति दिएका छन् ।

जुन १४ तारिखमा सुशान्तको मृत शरीरलाई अपार्टमेन्टबाट तल लिएर जान उनलाई मुम्बई पुलिसले बोलाएको थियो । सोही दिनदेखि उनले बारम्बार विदेशी नम्बरहरुबाट धम्की आइरहेको खुलासा गरेका छन् । भारतीय मिडियाहरुका अनुसार एम्बुलेन्स चालकको नाम भने सार्वजनिक गरिएको छैन ।

तर, एम्बुलेन्सका मालिकले भने मुम्बई पुलिस आँफैले सुशान्तको शव अपार्टमेन्टबाट तलसम्म ल्याएको बताएका छन् ।

सुशान्तका पिता केके सिंहले प्रेमिका भनिएकी रिया चक्रवर्तीविरुद्ध पुलिसमा दिएको उजुरीका आधारमा अनुसन्धान गरिरहेको छ । उजुरीमा उल्लेख भएअनुसारका यस विषमा धेरैलाई सोधपुछ गर्दासमेत घटनाबारे ठोस निष्कर्षमा प्रहरी पुगेको छैन ।

सुशान्त गत जुन १४ मा मुम्बईस्थित आफ्नै अपार्टमेन्टमा झुण्डिएको अवस्थामा भेटिएका थिए । पोस्टमार्टम रिपोर्टले उनको मृत्युको कारण आत्महत्या नै देखाएको छ । यद्यपी, उनका समर्थकहरु घटनाको भिन्न कोणबाट अनुसन्धान गर्न माग गरिरहेका छन् । 

 





  • प्रकाशित मिति : साउन १९, २०७७ साेमबार ११:५७:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया