विश्व स्वास्थ्य संगठनले भन्यो– तत्काल कोरोनाभाइरस भ्याक्सिन आउने सम्भावना छैन

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का प्रमुख डा. टेड्रोस एडोनोम गेब्रिएससले तत्काल कोरोनाभाइरस (कोभिड १९) को भ्याक्सिन लिएर आउने सम्भावना नहुन पनि सक्ने बताएका छन् । 

यसअघि पनि उनले बारम्बार कोरोनाभाइरस कहिल्यै नसकिने र हामीले यो सँगसँगै बाँच्न पर्ने हुनसक्ने बताएका थिए । यसभन्दा पहिले उनले कोरोनाभाइरस अरु भाइरसभन्दा फरक हुनुको कारण यो भाइरस आफैं पनि बारम्बार बदलिने गरेको बताएका थिए ।

डब्लूएचओका प्रमुख डा. टेड्रोसले मौसक बदलिएसँगै कोरोनाभाइरसमा असर पर्ने भनिए पनि अहिलेसम्म त्यस्तो नदेखिएको पनि बताए ।

उनले फेरि पनि कोरोनाबाट बच्न सामाजिक दूरी अनिवार्य भएको र मास्क लगाउनु अहिलेको आवश्यकता भएको बताएका छन् । उनले विश्व्भर अब १ करोड ८१ लाखभन्दा बढी कोरोनाभाइरस संक्रमित भइसकेको पनि जानकारी दिएका छन् । 

कोभिड १९ बाट विश्वभर अहिलेसम्म ६ लाख ८९ हजारले ज्यान गुमाइसकेका छन् ।

‘कुनै भ्याक्सिन अहिले परीक्षणको तेस्रो चरणमा छन् र हामीलाई आशा छ कुनै एक भ्याक्सिनले हामीलाई कोरोनाभाइरसबाट बचाउन सक्छ,’ उनले भनेका छन्, ‘तर, यो सम्भव नहुन पनि सक्छ । यसको औषधी वा भ्याक्सिन कहिल्यै नपाइन पनि सक्छ ।’



यसअघि जुनमा पनि उनले यस्तै चेतावनी दिएका थिए ।



  • प्रकाशित मिति : साउन २०, २०७७ मंगलबार ६:५३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया