सुशान्त प्रकरण : बिहारका मुख्यमन्त्रीलाई फोन गरेर चिराग पासवानले गरे सिबिआई अनुसन्धानको माग

भारतको लोक जनशक्ति पार्टी (एलजेपी)का अध्यक्ष चिराग पासवानले बिहारका मुख्यमन्त्री नीतिश कुमारसँग आज बिहान टेलिफोन वार्ता गरेका छन् । उनीहरुबीच करिब १० मिनेट कुरा भएको भारतीय मिडिया आजतकले जनाएको छ ।

टेलिफोन वार्तामा चिरागले नीतिशसँग सुशान्त सिंह राजपुत प्रकरणको सिबिआईले छानबिन गर्नुपर्ने माग राखेका छन् ।

सुशान्त प्रकरणको छानबिन गर्न माग गर्दै चिरागले मुख्यमन्त्रीलाई पत्रसमेत लेखेर पठाइसकेका छन् ।

लोक जनशक्तिकैै विधान पार्षद तथा सुशान्तकी भाउजु नुतन सिंहले पनि सर्वोच अदालतमा सुनुवाइका लागि बिहार सरकारले सिबिआईमा सिफारिस गर्नुपर्ने माग राखेकी छिन् ।
 





  • प्रकाशित मिति : साउन २०, २०७७ मंगलबार ११:१९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया