नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले नेपाली संस्कृतिको प्रशंसा गरेका छन् । गाईजात्राको अवसर पारेर आज ट्विट गर्दै उनले यस्तो बताएका हुन् ।
राजदूत बेरीले नेपाली संस्कृति धनी र विविधतायुक्त छ भन्ने उदाहरण गाईजात्रा भएको बताएका छन् ।
‘नेपाली संस्कृति धनी र विविधतायुक्त छ भन्ने उदाहरण गाईजात्रालाई नै लिन सकिन्छ’, उनले लेखेका छन्, ‘गाईजाता मृत्यु भएका परिवारका सदस्यलाई सम्झिने पर्व मात्र नभएर लैंगिक अल्पसंख्यकले आफ्नो स्वतन्त्रताको अनुभव गर्ने पर्व पनि हो ।’
कोरोनाभाइरस महामारीबीच सुरक्षित साथ गाईजात्रा मनाउन आग्रह गर्दै राजदूत बेरीले जाईजात्रा मनाइरहेका केही तस्बिर पनि शेयर गरेका छन् । जसमा उनले माक्स लगाएका छैनन् । यसर्थ ती तस्बिर पुराना हुन् भन्ने आंकलन गर्न सकिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।