आयल निगमका देशभरका डिपो प्रमुख फेरिए


नेपाल आयल निगमले देशभरका डिपो प्रमुखसहित प्रादेशिक, शाखा र केन्द्रीय कार्यालयका केही कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ । कर्मचारी प्रशासन विनियमावली अनुसार लामो समय एउटै विभागमा कार्यरत तथा कम्तिमा एक वर्ष प्रमुखको जिम्मेवारीमा रहेकाको सरुवा गरिएको निगमले जनाएको छ ।

 

निगमले आन्तरिक नियन्त्रण तथा नियमन शाखा प्रमुखमा वीरेन्द्र गोइतलाई  जिम्मेवारी दिएको छ । यस्तै एलपिजी ग्यास तथा एभिएसन विभाग प्रमुख दीपक बराल वितरण विभाग प्रमुख बनेका छन् भने एलपिजी ग्यास तथा एभिएसन विभाग प्रमुखमा नेत्र काफ्ले आएको छ । काफ्ले यसअघि निगमको आन्तरिक नियन्त्रण तथा नियमन शाखामा थिए ।

 

इन्जिनियरिङ परियोजना तथा सूचना प्रविधि विभाग प्रमुख पूर्णप्रसाद रिजाललाई प्रशासन विभागको जिम्मेवारी तोकिएको छ । उनको ठाउँमा निगमे विराटनगर प्रादेशिक डिपो प्रमुख अशोक शाहलाई ल्याएको छ ।


प्रदेश एक वितरण डिपो विराटनगरको प्रमुखमा नकुल भण्डारीको सरुवा भएको छ । प्रदेश ५ नम्बर प्रादेशिक कार्यालय भैरहवा प्रमुखमा प्रलयंकर आचार्य पुगेका छन् भने भैरहवाका कार्यालय प्रमुख सुरज शाहलाई केन्द्रीय कार्यालयको गुणस्तर नियमन विभागमा पठाइएको छ । नेपालगन्ज डिपो प्रमुखमा कमला न्यौपाने पुगेकी छन् । उनी यसअघि केन्द्रीय कार्यालयमा थिइन् । प्रादेशिक कार्यालय सुर्खेतका प्रमुखमा शिवराज भण्डारीको सरुवा भएको छ ।



 

त्यहाँ कार्यरत दीपक घिमिरेको प्रधान कार्यालय आएका छन् । यस्तै ७ नम्बर प्रादेशिक डिपो धनगढीमा सीतारञ्जन दासलाई पठाइएको छ भने सो कार्यलयमा रहेका सर्पराज शर्मा भैरहवा सरुवा भएका छन् ।अमलेखगन्ज, बागमती प्रदेश इन्धन डिपो, थानकोट डिपो प्रमुख प्रदीप यादव, गण्डकी प्रादेशिक कार्यालय, कास्की पोखरा र प्रदेश दुई डिपो महेन्द्रनगरका प्रमुखको भने सरुवा भएको छैन ।



  • प्रकाशित मिति : साउन २०, २०७७ मंगलबार १५:४०:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया