सर्वोच्चका १८१ जनाको पिसिआर परीक्षण, एक सवारी चालकमा कोरोना पुष्टि

सर्वोच्च अदालतका १८१ जना कर्मचारीमा गरेको पिसिआर परीक्षण गरिएको छ । पिसिआर परीक्षण गरिएका मध्ये एक जना सवारी चालकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सर्वोच्च अदालतमा सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार आइतबार १ सय ८१ जना कर्मचारीमा पीसीआर परीक्षणका गर्न लगिएको थियो । त्यसमध्ये १ सय ८० जनाको रिपोर्ट नेगेटिभ देखिएको र एक जना सवारी चालकमा कोरोना पोजेटिभ देखिएको हो ।

सर्वोच्च अदालतमा प्रवक्ता भद्रकाली पोखरेलले बुधबार जारी गरेको विज्ञप्तिमा सर्वोच्च अदालतमा न्यायाधीश र कर्मचारीमा कोरोना पुष्टि नभएको र एक जनामा मात्र कोरोना पुष्टि भएको उल्लेख छ ।





  • प्रकाशित मिति : साउन २१, २०७७ बुधबार २०:८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया