बुधबार काठमाडौंमा कोरोनाको रेकर्ड

काठमाडौंमा बुधबार मात्र कोरोनाभाइरसका १ सयभन्दा धेरै संक्रमित थपिएका छन् । काठमाडौंमा बुधबार साँझसम्म १ सय २ जनालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । 

उपत्यकामा एकै दिन यो संख्यामा कोरोना संक्रमित थपिएको यो पहिलो पटक हो ।

पछिल्लो समय काठमाडौंमा बाहिरबाट आउनेको संख्या बढेसँगै कोरोनाभाइरस संक्रमितको संख्या पनि बढ्दै गएको छ । कतिपयमा अस्पतालमा उपचार गराइरहँदा पनि कोरोनाभाइरस संक्रमण भएको देख्न सकिन्छ ।

काठमाडौंमा बुधबार थपिएका संक्रमितमध्ये १६ जना अहिले पनि सम्पर्कमा नरहेको बताइएको छ ।





  • प्रकाशित मिति : साउन २१, २०७७ बुधबार २२:८:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया