सुनको मूल्य फेरि १ हजारले बढ्यो,  तोलाको १ लाख ३ हजार ५ सय
चाँदी ६० रुपैयाँले महँगियो

सुनको मूल्य बिहीबारको तुलनामा तोलामा एक हजारले बढेको छ । शुक्रबार सुन प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ । 

महासंघका अनुसार छापावाल सुन बिहीबार १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै बुधबार भने प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाली बजारमा  शुक्रबार छापावाल सुनको मूल्य १ लाख ३ हजार ५ सय रुपैयाँ कायम रहेको महासंघले जनाएको छ । 

यस्तै छापावाल सुनको मूल्यसँगै तेजाबी सुनको भाउ पनि प्रतितोला हजार रुपैयाँले बढेको छ । नेपाली बजारमा बिहीबार १ लाख २ हजार रुपैयाँमा किनबेच भएको तेजाबी सुन शुक्रबार भने १ लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । 

चाँदी बिहीबार प्रतितोला ५० रुपैयाँले बढ्दै १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार प्रतितोला ६० रुपैयाँले बढ्दै १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





  • प्रकाशित मिति : साउन २३, २०७७ शुक्रबार ११:४०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया