बाँकेमा थप ४९ जनामा कोरोना पुष्टि, निषेधाज्ञा मंगलबार रातिसम्म बढाइयो

बाँके– बाँकेमा शुक्रबार थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार ४ बजेसम्म तीन सय १२ जनाको स्वाब परीक्षण गर्दा ५१ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ । तीमध्ये ४९ जना बाँकेका हुन् । 

भेरी अस्पतालको पिसिआर ल्याबमा गरिएको स्वाब परीक्षणमा ४९ जनामा कोरोना पुष्टि भएको हो । शुक्रबार फेला परेका संक्रमितमध्ये अधिकांश नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पस क्वारेन्टाइनमा रहेको बताइएको छ । 

कोरोना संक्रमित फेला पर्न थालेपछि शनिबारसम्म जारी निषेधाज्ञा मंगलबार रातिसम्म बढाइएको छ । 





  • प्रकाशित मिति : साउन २३, २०७७ शुक्रबार १७:९:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया