तीन दिन भारी वर्षाको सम्भावना

मनसुनको न्यून चापीय रेखा नेपालतर्फ नजिकिँदै गरेकाले देशभर अब तीन दिन वर्षाको सम्भावना र मात्रा बढ्दै गएको मौसमविद्ले बताएका छन् । 

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार शुक्रबार साँझबाट पर्न थालेको वर्षा शनिबार साँझबाट झन् बढ्न सक्ने अनुमान गरिएको छ । 

‘आज रातिबाट थप वर्षा हुने सम्भावना छ,’ उनले भनेकी छिन् ।

शनिबार रातिबाट मनसुन न्युन चापीय रेखा नेपालको तराई भूभागनजिक सर्ने सम्भावना अझ बढी भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसले नेपालमा ३ दिनसम्म वर्षा गराउने अनुमान गरिएको छ ।





  • प्रकाशित मिति : साउन २४, २०७७ शनिबार ७:०:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया