आइतबार बाँकेमा मृत्यु भएकी वृद्धामा कोरोना संक्रमण पुष्टि

बाँके— आइतबार बाँकेमा मृत्यु भएकी ७० वर्षीया वृद्धामा कोरोना संक्रमण पुष्टि भएको छ । कोहलपुर नगरपालिका–२ की ती महिला निमोनियाका कारण मेडिकल कलेज कोहलपुर भर्ना भएर उपचार गराइरहेकी थिइन् ।

आइतबार बिहान ११ बजे उनको मृत्यु भएको थियो । दिउँसो ३ बजे आएको रिपोर्टमा उनमा कोरोना देखिएको हो । ती वृद्धाको शुक्रबार स्वाब लिइएको थियो । 

शुक्रबार भर्ना भएर आइतबार निधन भएकी ती महिलामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको हो ।

अस्पतालका अनुसार आइतबार पनि थप एक कर्मचारीमा कोरोना देखिएको छ । केही दिनअघि अस्पतालका चिकित्सकसहित ६ जनामा कोरोना पुष्टि भएको थियो । 





  • प्रकाशित मिति : साउन २५, २०७७ आइतबार १८:३७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया