महोत्तरीमा भदौ १ सम्मका लागि निषेधाज्ञा थप

महोत्तरी – जिल्ला प्रशासन कार्यालय महोत्तरीले भदौ १ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ । कोरोना भाइरस सङ्क्रमित बढेपछि जिप्रकाले यस्तो निर्णय गरेको हो ।  

जिल्ला प्रशासन कार्यालयले गत साउन १५ गते राति १२ बजेदेखि निषेधाज्ञा जारी गरेको थियो । त्यसमा थप गर्दै भदौ १ गतेसम्मका लागि पुर्याइएको हो ।

महोत्तरी ​जिल्ला कोरोनाको उच्च जोखिमयुक्त जिल्लामा परेको छ । यो जिल्लासहित चार जिल्लामा सक्रिय संक्रमित संख्या पाँच सयभन्दा बढी छ ।

काठमाडौं, रौतहट, महोत्तरी र पर्सालाई स्वास्थ्य मन्त्रालयले उच्च जोखिम भएका जिल्लामा राखेको हो । 





  • प्रकाशित मिति : साउन २५, २०७७ आइतबार २०:२९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया