चक्कु प्रहारबाट हत्या
सांकेतिक तस्बिर

काठमाडौँको टोखा नगरपालिका–९ मा धारिलो हतियार (चक्कु) प्रहारबाट एक जनाको हत्या भएको छ । गोङ्गबु बसपार्क नजिकै दीपज्योतिमा शुक्रबार साँझ चक्कु प्रहारबाट नुवाकोटका २४ वर्षीय लक्ष्मण तामाङको हत्या भएको हो । 

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता सोमेन्द्रसिंह राठौरले तामाङको हत्यामा संलग्न दोलखाका २४ वर्षीय आङदोर्जे शेर्पालाई शनिबार माछापोखरीस्थित नागार्जुन गेस्ट हाउसको १०१ नं कोठाबाट पक्राउ गरिएको जानकारी दिए ।

तारकेश्वरस्थित गोर्खा खाजा घरमा शुक्रबार राति विवाद भएपछि झडप हुँदा चक्कु प्रहारबाट तामाङको मृत्यु भएको थियो ।  तामाङको शव अहिले ग्रिनसिटी अस्पताल वसुन्धरामा राखिएको छ । हत्याका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक राठौरले बताए ।





  • प्रकाशित मिति : साउन ३१, २०७७ शनिबार १६:२२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया