बैतडीमा ४ भदौदेखि लकडाउन

कोरोनाभाइरस संक्रमित बढ्दै गएपछि बैतडीमा ४ भदौदेखि लकडाउन गरिने भएको छ । बैतडीको सदरमुकाम दशरथचन्द नगरपालिकामा केही दिन यता संक्रमित बढ्न थालेका हुन् । 

संक्रमित बढेसँगै ११ दिनका लागि लकडाउन लगाउने नगरपालिकाले निर्णय गरेको हो । निर्णयअनुसार बैडीमा अत्यावश्यक सेवाबाहेक अन्य सेजाहरु यो समयमा बन्द हुनेछन् । 

नगरप्रमुख नरेन्द्रसिंह थापाका अनुसार लकडाउनमा नगरभित्रका बैंक पनि अब आइतबार, मंगलबार र बिहीबार मात्र खुलाउने निर्णय भएको छ । 

अत्यावश्यक बाहेकका अन्य सबै सेवा पनि यो समयमा बन्द गर्ने निर्णय गरिएको छ ।

बैतडीमा अहिलेसम्म ३ सयभन्दा धेरैमा कोरोनाभाइरस संक्रमण देखिएको छ । 





  • प्रकाशित मिति : भदौ १, २०७७ साेमबार ७:४१:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया