पूर्वी चितवनमा मृत्यु भएकी १ सय ९ वर्षीया वृद्धामा कोरोना संक्रमण पुष्टि

चितवन– मंगलबार मृत्यु भएकी पूर्वी चितवनको खैरहनी नगरपालिका–३ की १ सय ९ वर्षीया वृद्धामा कोरोना संक्रमण पुष्टि भएको छ । 

भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले उनमा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । भरतपुरस्थित कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना पुष्टि भएको हो ।

हिजो शंकास्पद व्यक्तिसँग भेट भएको थाहा भएपछि उनको स्वाब परीक्षण गरिएको थियो । चितवनमा यसअघि पनि कोरोना संक्रमित दुईजनाको मृत्यु भइसकेको छ ।





  • प्रकाशित मिति : भदौ २, २०७७ मंगलबार १८:४७:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया