काठमाडौंमा निषेधाज्ञा, के गर्न पाइन्छ, के पाइँदैन ?

कोरोनाभाइरस संक्रमितको संख्या ह्वात्तै बढ्न थालेपछि काठमाडौं उपत्यकामा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकपछि यो निषेधाज्ञा लगाउने निर्णय गरिएको हो । 

योसँगै अब १० गते रातिसम्म काठमाडौंमा केही कामहरु गर्न पाइने छैन । 

कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि लागु गरिएको यो समयमा अब औषधी, खाद्यान्न तथा अन्य अत्यावश्यक वस्तु तथा सेवा खरिदका लागि बाहेक अन्य कामका लागि कोही पनि घरबाट निस्किन पाउने छैनन् । त्यस्तै, अत्यावश्यक सेवा तथा वस्तुबाहेकका अन्य सबै व्यापार व्यवसाय यो अवधिका लागि बन्द गरिने भएको छ । 

यो अवधिमा अब काठमाडौं उपत्यकामा बाहिरबाट कुनै पनि सवारी साधन भित्रिन पाउने छैनन् । यो समयमा अब जिल्लाभित्र निजी तथा सार्वजनिक यात्रुवाहक सवारीसाधनहरु पनि बन्द हुनेछन् । 

यसका साथसाथै अब अत्यावश्यक तथा स्वास्थ्यसम्बन्धी कार्यमा खटिनु पर्ने, नियमित सेवा प्रदान गर्नका लागि कार्यालयमा जानु पर्नेहरुका लागि मात्र सवारी चलाउन पाउने नियम ल्याइएको छ ।

यसका लागि सवारी साधन विहान ९ बजेदेखि साढे १० बजेसम्म र अपराह्न ३ बजेदेखि साढे ५ बजेसम्म सवारीसाधन चलाउन दिइने छ ।



यो समयमा अब कुनै मेला, महोत्सव तथा जात्रा सन्चालन गर्न पाइने छैन । मानिसहरुलाई भेला हुन र भीडभाड हुन पनि दिइने छैन । धार्मिक अनुष्ठान तथा शैक्षिक संस्थाहरु, कपाल काट्ने पसलदेखि पार्टी प्यालेस, ब्युटिपार्लर सबै बन्द हुने भएका छन् । 

त्यस्तै, फुटपाथ र बाहिर बाटोमा ठेलागाडामा वा साइकलमा सन्चालन गरिने सबै व्यवसाय पनि बन्द रहने भएका छन् । प्रशासनले बैकिङ तथा अन्य अत्यावश्यक काम सन्चालनका लागि स्वास्थ्य मापदण्ड अपनाउन पनि निर्देशन दिएको छ ।



  • प्रकाशित मिति : भदौ २, २०७७ मंगलबार २२:१४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया