फरकधार युट्युबबाटः कोरोना संक्रमित युवाले सुनाए टेकु अस्पतालमा भोगेका सुखदुःख

देश अहिले कोरोनाभाइरस संक्रमणका कारण निकै भयावह अवस्थामा पुगिसकेको छ । पहिलो पटक जनवरीमा नेपालमा कोरोना संक्रमित भेटिएका थिए । अब त नेपालमा ३० हजारभन्दा बढी कोरोना संक्रमित रहेका छन् । नेपालमा अहिलेसम्म १ सय ५० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । 

तर, यसमा आशा गर्ने ठाउँ पनि रहेको छ । १७ हजारभन्दा बढीले अहिलेसम्म नेपालमा कोरोनाभाइरस जितिसकेका छन् । 

कोरोना जित्ने यीमध्ये एक हुन्, उज्जवल दाहाल । दाहालले फरकधारसँगको सम्पर्कमा आफूले भोगेका सुखदुःख र टेकु अस्पतालमा उनले भोगेको अनुभव सुनाएका छन् ।

दाहालका अनुसार अहिले कोरोनाभाइरसबाट बच्ने एकमात्र उपाय भनेको सतर्कता नै अपनाउनु हो । सुरुमा आफूलाई श्वास फेर्न गाह्रो भए पनि विस्तारै आफूले आँट जुटाएको र कोरोना जितेको उज्जवलले फरकधारलाई सुनाएका छन् ।

हेर्नुहोस्, उनलाई कसरी कोरोनाभाइरस संक्रमण भयो, के गरे र कसरी कोरोना जिते भन्नेबारे फोनबाट फरकधारलाई दाहालले सुनाएको उनको कोरोनासँगको संघर्ष । 

यसका साथसाथै फरकधारको युट्युब च्यानल सब्सक्राइब गरेर तपाईंहरुले हामीले गरिरहेका पछिल्ला कामबारे पनि जानकारी पाउन सक्नुहुनेछ ।





  • प्रकाशित मिति : भदौ ५, २०७७ शुक्रबार २२:५०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया