कोरोनाबारे नयाँः एकपटक कोरोना जितेकालाई फेरि देखियो संक्रमण

कोरोनाभाइरस अहिले विश्वका लागि ठूलो चुनौति बनिरहेको छ । तर, एकपटक संक्रमण जितिसकेकालाई फेरि कोरोना नहुने गरिएको यसअघिको अनुमान अब गलत सावित भएको छ । 

हङकङका वैज्ञानिकहरुले कोरोनाभाइरसका दोस्रो पटक संक्रमण भएका व्यक्तिहरुबारे अध्ययन सुरु गरेका छन् । हङकङमा ३० वर्षका एक व्यक्ति पहिलो पटक साढे चार महिनापछि फेरि संक्रमित देखिएका हुन् ।

वैज्ञानिकहरुका अनुसार यी व्यक्तिमा अहिले कोरोनाको ‘जिनोम’ फरक देखिएको छ । यो दोस्रोपटक संक्रमण पुष्टि भएको पहिलो व्यक्ति बताइएको छ ।

तर, विश्व स्वास्थ्य संगठनका अनुसार यही एक संक्रमणका कारण सिधै निष्कर्षमा भने पुग्नु हुँदैन । 

उता, विशेषज्ञहरुले दोस्रो पटक संक्रमण हुनु निकै दुर्लभ मानिएको छ । तर, यसको अर्थ निकै गम्भीर भन्ने होइन पनि भनिएको छ ।





  • प्रकाशित मिति : भदौ ९, २०७७ मंगलबार १३:४७:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया