थपिएका कोरोना संक्रमित कुन जिल्लामा कति ?

काठमाडौं– नेपालमा कोरोना भाइरसबाट देशभर संक्रमित हुनेको संख्या ३३ हजार ५३३ पुगेको छ । पछिल्लो २४ घन्टामा थपिएका ८५५ सहित यो संख्या पुगेको हो । 
थपिएकामध्ये २७१ महिला र ५८४ जना पुरुष छन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यकामा मात्रै १३२ जना थपिएका छन् । जसअनुसार काठमाडौंमा १९९, ललितपुरमा १९, भक्तपुरमा १४ जना थपिएका हुन् ।  

त्यस्तै, उदयपुरका १, ओखलढुङ्गाका १, खोटाङका १, झापाका ५, मोरङका ४३, सुनसरीका १६, सोलुखुम्बुका २, धनुषाका ४२, पर्साका ४, बाराका १७, महोत्तरीका १७, रौतहटका ४४, सप्तरीका ३, सर्लाहीका ५८, सिरहाका ३, काभ्रेका ५, चितवनका ३७, दोलखाका ३, धादिङका ८, नुवाकोटका १, मकवानपुरका २, रामेछापका १, सिन्धुपाल्चोकका २ र कास्कीका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी, गोरखाका २, तनहुँका ६, नवलपरासीका ४, पर्वतका २, लमजुङका १, बागलुङका १, अर्घाखाँचीका १, कपिलवस्तुका २३, गुल्मीका २, दाङका १८, नवलपरासीका ८, पाल्पाका ४, प्यूठानका ४, बर्दियाका ६, बाँकेका १५, रुपन्देहीका ६९, रोल्पाका ३, कालिकोटका ५, जुम्लाका १, दैलेखका ४, मुगुका १, सल्यानका ४, सुर्खेतका ५, अछामका १९, कञ्चनपुरका १२, कैलालीका १६, डडेल्धुराका २, डोटीका ४५, बझाङका ९ तथा बैतडीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना निको भएर डिस्चार्ज हुनेहरुको संख्या १९ हजार ११९ पुगेको छ । पछिल्लो २४ घन्टामा ३१३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।  

पछिल्लो २४ घन्टामा ११ हजार ३२७ पिसिआर परीक्षण भएको छ । हालसम्म १४ हजार २५० जना आइसोलेसनमा र १० हजार ४५३ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जानकारी दिएको छ । 





  • प्रकाशित मिति : भदौ ९, २०७७ मंगलबार १७:१६:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया