कस्तो रहला आगामी तीन दिनको मौसम ?
विभाग भन्छ : देशका अधिकांश भूभागमा आंशिक वर्षाको सम्भावना
फाइल फोटो


सामान्यतया हालसम्म मनसुन निष्क्रिय भई वर्षा रोकिइसक्नु पर्ने हो  । तर, यो वर्ष हालसम्म पनि देशभर वर्षा भइरहेको छ । यो वर्ष अत्यधिक वर्षा भएको र  बाढीपहिरोले धेरै जनधनको क्षतिसमेत भएको छ । यो वर्ष मनसुन अझै केही समय  सक्रिय रहने  जल तथा मौसम विज्ञान विभागको भनाइ छ । विभागका अनुसार आगामी तीन दिन देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । 


आइतबार देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । मनसुनको न्यूनचापीय रेखा नेपालभन्दा दक्षिणतर्फ रहनाका साथै भारतको मध्यप्रदेश तथा आसपासका क्षेत्रमा न्यूनचापीय प्रणाली अवस्थित रहेकाले वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

हाल गण्डकी, सुदूरपश्चिम, प्रदेश नं १ र २ का अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही अन्य भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै, वाग्मती, गण्डकी, सुदूरपश्चिम र प्रदेश नं १ का एक÷दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागको भनाइ  छ । दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताइन् ।  





  • प्रकाशित मिति : भदौ १४, २०७७ आइतबार १३:२९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया