नाग्मका पहिरोपीडितलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

नेपाली कांग्रेसले कालीकोटको तिलागुफा नगरपालिका १, नाग्मका पहिरोपीडितलाई राहत र स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार विज्ञप्ति जारी गरेर नाग्माका पहिरोपीडित परिवारलाई राहत र स्वास्थ्य उपचारका व्यवस्था गर्न माग गरेका हुन् । 

कांग्रेसले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै पीडितहरुको संवेदनशीलताप्रति सहानुभूति पनि प्रकट गरेको छ ।

नाग्मामा आइतबार दिउँसो गएको पहिरोमा पुरिएर एकै परिवारका चार सदस्यसहित १० जनाको मृत्यु भएको थियो । पहिरोमा परी केही व्यक्ति घाइते भएका छन् ।





  • प्रकाशित मिति : भदौ १५, २०७७ साेमबार १४:३०:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया