भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधनमा राष्ट्रपति विद्यादेवी भण्डारीले गहिरो दुःख व्यक्त गरेकी छिन् । उनले नेपालले असल मित्र गुमाएको बताएकी छिन् ।
सोमबार साँझ ट्विट गर्दै राष्ट्रपति भण्डारीले भारतका पूर्वराष्ट्रपति मुखर्जीको निधनको खबरले आफू मर्माहत भएको बताएकी हुन् ।
भण्डारीले ट्विटमार्फत व्यक्त गरेकी छिन्, ‘नेपाली जनता, नेपाल सरकार तथा मेरो व्यक्तिगत तर्फबाट भारतीय जनता, भारत सरकार र शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु, उहाँको निधनबाट नेपालले एक असल मित्र गुमाएको छ ।’
भारतका पूर्व राष्ट्रपति श्री प्रणव मुखर्जीको आज भएको दु:खद् निधनबाट मर्माहत भएको छु । नेपाली जनता, नेपाल सरकार तथा मेरो व्यक्तिगत तर्फबाट भारतीय जनता, भारत सरकार र शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु । उहाँको निधनबाट नेपालले एक असल मित्र गुमाएको छ ।
— Bidya Devi Bhandari (@PresidentofNP) August 31, 2020
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।