बिहीबार नेकपा सचिवालय बैठक, खतिवडाबारे बैठकले नै निर्णय गर्ने

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । ओली र दाहालबीच बिहीबार ११ बजेका लागि सचिवालय बैठक राख्ने सहमति भएको छ । 

यसअघि १३ भदौका लागि सचिवालय बैठक बस्ने तय भए पनि सचिवालय सदस्यद्वय ईश्वर पोखरेल र रामबहादुर थापा कोरोना आशंकाका कारण होम क्वारेन्टाइनमा बसेपछि बैठक स्थगित भएको थियो । 

सो बैठकमा नेकपा कार्यदलको प्रतिवेदनका साथै पार्टीले राष्ट्रिय सभामा कसलाई पठाउने भन्नेबारे छलफल हुनेछ । वर्तमान अर्थमन्त्री युवराज खतिवडा २० भदौभित्र सांसद नबनेमा  उनी मन्त्रीबाट स्वतः पदमुक्त हुनेछन् । सो अवधिभित्रै राष्ट्रिय सभा सदस्यमा मनोनयनका लागि सिफारिस भए मात्रै उनको पद जोगिनेछ । 

सो पदमा खतिवडालाई लगेर उनलाई अर्थमन्त्रीमा दोहोर्याउने पक्षमा प्रधानमन्त्री ओली छन् । तर, यसअघि पार्टीले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यका लागि सिफरिस गर्ने निर्णय नै गरेको थियो । केही दिनअघिसम्म सो पदका लागि खासै चासो नराखेका गौतमले दुई दिनअघि पार्टीको निर्णय कार्यान्वयन गर्न आफ्नो सचिवालयमार्फत आग्रह गरेका छन् । 

सो विषयमा पनि बिहीबारको सचिवालय बैठकमै छलफल हुने बताइएको छ ।





  • प्रकाशित मिति : भदौ १७, २०७७ बुधबार २१:२९:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया