प्राधिकरणले ल्यायो ‘साइबर सेक्युरिटी बाइल, २०२०’

नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सुरक्षासम्बन्धी नियमावली ‘साइबर सेक्युरिटी बाइल, २०२०’ जारी गरेको छ । सेवा प्रदायकहरुलाई साइबर सुरक्षासम्बन्धी मापदण्ड पालनामा  जिम्मेवार बनाउन नियमावली ल्याएको प्राधिकरणको भनाइ छ ।

नयाँ नियमावलीले पछिल्लो समय बढ्दो साइबर अपराधका घटना नियन्त्रणमा सहयोग पुग्ने प्राधिकरणको दावी छ । सबै दूरसञ्चार सेवा प्रदायकहरुका लागि साइबर सुरक्षासम्बन्धी नियमावली लागू गरेको प्राधिकरणले जनाएको छ ।

दूरसञ्चार ऐन २०५३ अनुसार स्वीकृत गरी ल्याइएको यो नियमावली प्राधिकरणबाट लाइसेन्स पाएका आधारभूत दूरसञ्चार, टेलिफोन, मोबाइल,  इन्टरनेटलगायत सेवा प्रदायकले अनिवार्य रुपमा पालना गर्नुपर्ने बताइएको छ । 

नियमावलीमा साधारण सुरक्षाका मानक र अभ्याससम्बन्धी पूर्वाधार तथा नेटवर्क सुरक्षा, कोर सिस्टमको सुरक्षा, वेब तथा मोबाइल एप्लिकेसन्स, डेटाको गोपनियता तथा सुरक्षा, साइबर सुरक्षाको विषयमा चेतना तथा क्षमता विकासलगायत प्रावधान समेटिएका छन् । 
अन्तर्राष्ट्रिय रुपमा प्रचलित मापदण्ड तथा अभ्यास अनुसार साइबर सुरक्षाका विविध मापदण्ड अपनाएर नियमावली तयार गरिएको प्राधिकरणले जनाएको छ ।





  • प्रकाशित मिति : भदौ १८, २०७७ बिहीबार १४:३४:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया