वासिङ्टन डिसीमा प्रहरीको गोलीबाट एक जनाको मृत्यु

अमेरिकी राजधानी सहर वासिङ्टन डिसीको दक्षिणपूर्वमा प्रहरीले चलाएको गोलीबाट एक व्यक्तिको मृत्यु भएको छ ।

महानगरीय प्रहरी विभागका अनुसार उक्त घटना अरेन्ज स्ट्रिटमा भएको हो । प्रहरीले उक्त घटनामा मारिएका व्यक्तिको पहिचान खुलाएको छैन, तर घटनास्थलबाट दुई थान हतियार बरामद भएको जनाएको छ । 

वासिङ्टन डिसीका प्रहरी प्रमुख पिटर न्यूशामले शंकास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा प्रहरीले उक्त व्यक्ति चढेको सवारी साधनलाई लखेटेको र गाडीबाट केही व्यक्ति भागेको जानकारी दिएका छन् ।





  • प्रकाशित मिति : भदौ १८, २०७७ बिहीबार १५:२३:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया