कांग्रेस समन्वय विभाग विस्तार, ४८ जना को–को मनोनीत भए ?

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको विरोधका बाबजुद कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार नेपाली कांग्रेस समन्वय विभागमा उपप्रमुखसहित ४८ जना मनोनीत गरेका छन् । 

कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम उनीहरूलाई मनोनय गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी गराएका छन् । 

विभागको प्रमुखमा देउवाले यसअघि नै कांग्रेस केन्द्रीय सदस्य एनपी साउदलाई मनोनीत गरेका थिए । विभागको उपप्रमुखमा लमजुङका विष्णु धिताल मनोनीत भएका छन् । 

त्यसैगरी, समन्वय विभागको सचिवमा दोलखाकी विनिता अधिकारी मनोनीत भएकी छन् । अधिकारी पद्मकन्या क्याम्परकी पूर्वस्ववियु सभापति हुन् । 





  • प्रकाशित मिति : भदौ १८, २०७७ बिहीबार १९:३१:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया