जि २० का विदेशमन्त्रीहरुद्वारा आफ्ना सीमाहरु खोल्नुपर्नेमा जोड
जी २० का सदस्य राष्ट्रका सरकार प्रमुखहरुको फाइल तस्बिर

विश्वको ठूलो अर्थतन्त्र भएका देशहरुको संगठन जि २० का विदेशमन्त्रीहरूले आफ्ना सीमाहरूलाई खुला गर्नुपर्ने बताएका छन् । विश्वमा कोरोना भाइरसका कारण उत्पन्न भएको आर्थिक मन्दीको परिस्थितिलाई विचार गरेर जि २० मा आबद्ध देशहरुले आफ्ना सिमानाहरू खोल्नुपर्ने बताएका हुन् ।

बिहीबार साउदी अरेबियाद्वारा आयोजना गरिएको भर्चुअल बैठकमा ती देशहरुले यस विषयमा जोड दिएका हुन् । हाल विश्वमा नै कोरोना भाइरसको महामारीका कारण आर्थिक समस्या उत्पन्न भइरहेको भन्दै यसबाट विश्वभर नै आर्थिक मन्दीको अवस्था आउने भएकाले उनीहरुले यो आग्रह गरेका हुन् ।

बैठकका क्रममा विदेशमन्त्रीहरूले देशका सीमाहरु खुला राख्नुपर्ने विषयमा छलफल गरेका र अब कोरोना महामारीबाट बच्ने विभिन्न स्वास्थ्यका मापदण्डहरु अपनाएर सीमा खोल्नुपर्ने बताएका हुन् ।

बैठकमा सहभागी भारतका विदेशमन्त्री एस जयशंकरले विश्वमा महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरसको नियन्त्रणका लागि स्वास्थ्यका मापदण्डहरु अपनाउनुका साथै स्तरीय परीक्षण विधिका बारेमा पनि छलफल भएको बताए ।

उनले महामारीपछि जतिसक्दो चाँडो जि २० मा सहभागी देशहरुले आफ्ना देशमा सीमाहरु खोल्नुपर्नेमा सबैको एकमत रहेको बताए ।





  • प्रकाशित मिति : भदौ १९, २०७७ शुक्रबार १२:१९:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया