कोरोना बिमा मापदण्ड सच्याउन गोल्छाको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कोरोना बिमाको भुक्तानीसम्बन्धी बिमा समितिको मापदण्ड सच्याउन आग्रह गरेका छन् ।

निजी प्रयोगशालामा गरिएको परीक्षण अमान्य हुने गरी बिमा समितिले मापदण्ड बनाएको छ । उक्त मापदण्ड सच्याउन उनले आग्रह गरेका हुन् । बिमा समितिले शुक्रबार नयाँ मापदण्ड सार्वजनिक गर्दै सरकारी अस्पतालमा गरिएको परीक्षणका आधारमा मात्रै कोरोना बिमा दाबी र भुक्तानी गर्न पाइने बताएको थियो ।

सरकारको अनुमति पाएरै परीक्षण गर्दै आएका निजी प्रयोगशालाको रिपार्ट मान्य नहुने भन्‍नु गलत भएको गोल्छाले जनाएका छन् । बिमा समितिको यो मापदण्डले सर्वसाधारणले सास्ती पाउने र बिमा प्रतिको विश्वास पनि घट्ने उनको धारणा छ ।

सामाजिक सञ्जाल ट्विटरमा मापदण्डको विरोध गर्दै उनले भनेका छन्, ‘निजी प्रयोगशालाको रिपोर्टलाई मान्यता नदिने बिमा समितिको निर्णयले सर्वसाधारणलाई सास्ती हुनुका साथै बिमा प्रतिको विश्वसनीयता पनि घट्छ । कम्पनी, समिति र सरकार मिलेर यस समस्याको तुरुन्त समाधान खोजियोस् ।’





  • प्रकाशित मिति : भदौ २१, २०७७ आइतबार १२:३१:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया