चितवनमा थप एक कोरोनाभाइरस संक्रमितको मृत्यु

चितवन मेडिकल कलेज भरतपुरमा चितवनका एक कोरोना संक्रमितको मृत्यु भएको छ । 

मृत्यु हुने पुरुष ६२ वर्षका हुन् । उनी भरतपुर महानगरपालिका ११ का रहेको र बिहीबार दिउँसो उनको निधन भएको अस्पतालले जनाएको छ । 

२२ भदौमा कोरोना संक्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका थिए । उनलाई निमोनियाको पनि समस्या रहेको जनाइएको छ । 

योसँगै चितवनमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।





  • प्रकाशित मिति : भदौ २५, २०७७ बिहीबार १५:३७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया