कोरोना रोक्छ भनेर धेरै खाँदै हुनुहुन्छ बेसार ? यस्तो हुनसक्छ है समस्या

प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार कोरोनाभाइरस रोक्नका लागि बेसार पानी खान सल्लाह दिइरहेका छन् । उनको सल्लाह सुनेर अहिले नेपाली परिवारमा बेसारको प्रयोग बढ्न थालेको पनि छ । 

कतिपयले त बिहान र बेलुकै तातो पानीमा हालेर बेसार पानी पिउने गरेको पनि सामाजिक सन्जालमा लेखिरहेका हुन्छन् ।

हो, हाम्रो भान्सामा निकै पहिले देखि नै बेसार प्रयोग हुँदै आएको छ । तर, बेसारको प्रयोग हामीले तरकारीमा मात्र गरिरहेका थियौँ । अनि यो पनि साँचो हो कि बेसारले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । 

तर, धेरै बेसारले चाहिँ ? 

बेसार धेरै खानु चाहिँ शरीरका लागि घातक हुन्छ । धेरै बेसारका कारण अन्य समस्याहरु पनि निम्तिने गरेका छन् । जस्तै कि धेरै बेसा खाँदा हाम्रो पाचन प्रणाली कमजोर हुनसक्छ । 

यतिमात्र होइन, बेसार धेरै खाँदा शरीरमा ९० प्रतिशतसम्म आइरनको कमी हुनसक्छ । यसका कारण रक्तअल्पता हुनसक्छ । 



अनि बेसारकै कारण एलर्जी भएको पनि हुनसक्छ । त्यसैले बेसार खाँदा यसको मात्राबारे पनि ख्याल गर्नु पर्छ ।



  • प्रकाशित मिति : भदौ २७, २०७७ शनिबार ८:४१:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया