कोरोनाभाइरसः शनिबार विहानमात्र ६ जनाको मृत्यु

नेपालमा कोरोनाभाइरसको प्रभाव पछिल्ला दिनमा बढ्दै गएको छ । पछिल्ला दिनमा कोरोनाभाइरस संक्रमितको संख्या मात्र होइन, मृतकको संख्या पनि बढ्न थालेको छ । 

शुक्रबार राति र शनिबार विहानसम्म मात्र नेपालका विभिन्न जिल्लामा ६ जनाको मृत्यु भइसकेको छ । 

मृत्यु हुनेमा दुई जना काठमाडौंका रहेका छन् । एक जना ललितपुरका रहेका छन् । यी तीन जनाको ललितपुरको पाटन अस्पताल र मेघा अस्पतालमा निधन भएको हो । 

त्यस्तै, शनिबार चितवनमा पनि कोरोनाभाइरसका कारण एक जनाको निधन भएको पुष्टि भएको छ । योसँगै चितवनमा कोरोनाभाइरसका कारण २७ जनाले ज्यान गुमाइसकेका छन् । यीमध्ये १६ जना चितवन जिल्लाकै हुन् । 

शनिबार विहान नै स्याङ्जाका एक कोरोनाभाइरस संक्रमितको पोखरामा निधन भएको छ । मृतक ८५ वर्षका पुरुष स्याङ्जा पुतलीबजारका हुन् । त्यस्तै, शुक्रबार मध्यरातपछि बुटवलमा रुपन्देहीका एक पुरुषको पनि कोरोना संक्रमणका कारण निधन भएको छ ।

नेपालमा अब कोरोनाभाइरस संक्रमणका कारण निधन हुनेको संख्या ३ सय २८ पुगेको छ ।





  • प्रकाशित मिति : भदौ २७, २०७७ शनिबार ११:४१:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया