जोखिमयुक्त बस्ती सुरक्षित क्षेत्रमा सार्न राष्ट्रपतिले गराइन् ध्यानाकर्षण

राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुपाल्चोकमा पहिरोबाट जनधनको क्षति भएको घटनाप्रति दुःख व्यक्त गरेकी छिन् । 

राष्ट्रपति भण्डारीले आइतबार ट्विट गरेर जोखिमयुक्त बस्ती सुरक्षित क्षेत्रमा सार्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराएकी छिन् ।

टिवटमा उनले लेखेकी छिन्, ‘२०७२ को भूकम्पबाट देशका विभिन्न भाग थङ्थिलो बनेकामा सिन्धुपाल्चोक लगातार पहिरोको जोखिममा परिरहेको छ, त्यहाँ फेरि पहिरोबाट जनधनको क्षति भएकोमा दुःखी भएको छु ।’

जोखिमयुक्त बस्ती सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न उनले सरोकारवाला निकायको ध्यानार्काण गराएकी छिन् ।





  • प्रकाशित मिति : भदौ २८, २०७७ आइतबार १८:४७:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया