मलेसियाद्वारा २३ मुलुकका नागरिकमाथि यात्रामा रोक

मलेसियाले ५० हजारभन्दा धेरै कोरोना संक्रमित भएका देशहरूलाई प्रवेशमा रोक लगाएको छ । 

मलेसियाले जारी गरेको सूचनामा २३ देशका नागरिकहरुलाई आफ्नो देशमा यात्रा गर्न रोक लगाएको हो । ती २३ देशमध्ये पाँचवटा भने मलेसियाले कामदार लिने देशहरु हुन् । इन्डोनेसिया, फिलिपिन्स, भारत, पाकिस्तान र बंगलादेशबाट मलेसिया कामदारको रुपमा मानिसहरु जाने गरेका छन् ।

मलेसियाले जारी गरेको सूचनामा नेपालको नाम भने उल्लेख गरिएको छैन ।

प्रवेशमा प्रतिबन्ध लगाइएका मुलुकबाट कामदारसहित कोही पनि मानिस मलेसिया प्रवेश गर्न पाउने छैनन् ।

मलेसियामा सोमबारसम्म ९ हजार ८६८ जनामा कोरोना संक्रमण देखिएको छ भने १२८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । मलेसियामा पछिल्लो चौबीस घण्टामा ५८ जनामा कोरोना संक्रमण देखिएको छ ।





  • प्रकाशित मिति : भदौ २९, २०७७ साेमबार १२:२६:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया