उत्कृष्ट आलेखका लागि सेनाका प्रवक्तालाई ५० हजार राशिको पुरस्कार

नेपाली सेनाका केन्द्रीय प्रवक्ता सन्तोषबल्लभ पौडेलले उत्कृष्ट आलेखका ५० हजार राशिको पुरस्कार पाएका छन् । नेपाली सेनाले प्रकाशित गर्दै आएको जर्नलमा प्रकाशित लेखमध्ये २०७६ का लागि उनको लेख सर्वोत्कृष्ट भएको हो ।

नेपाली सेनाले सिपाही वार्षिक २०७६ र ‘द शिवपुरी’ जर्नलमा प्रकाशित लेखमध्येबाट सहायक रथी पौडेलको लेखलाई सर्वोत्कृष्ट ठहर गर्दै पुरस्कृत गरेको हो । 

त्यसैगरी, प्रमुख सेनानी अनिलकुमार बुढाथोकीको लेख दोस्रो र प्रमुख सेनानी सुधिरप्रताप सिंहको लेख तेस्रो भएको छ । उनीहरुले पुरस्कारस्वरुप क्रमशः ३५ हजार र २५ हजार रुपैयाँ पाएका छन् । 

अन्य सात लेखकलाई जनही १०–१० हजार रुपैयाँका दरले सान्त्वना पुरस्कार दिइएको छ । 





  • प्रकाशित मिति : भदौ २९, २०७७ साेमबार १८:४२:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया