सञ्चालनको तयारीमा सौराहाको होटल

लकडाउन र निषेधाज्ञाका कारण बन्द रहेका सौराहाका होटल बिहीबारदेखि सञ्चालनमा आउने भएका छन् ।

असोज १ गतेदेखि होटल खोल्न दिने सरकारी निर्णयसँगै सौराहाका व्यवसायीले तयारी थालेका हुन् । गएको चैत ११ गतेदेखि बन्द भएका होटल साउन १५ गते खुलेका भए पनि त्यही महिनाको २८ गतेदेखि पुनः बन्द भएका थिए ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार सरकारले होटल सञ्चालन गर्न दिने भएसँगै बुधबारदेखि तयारी थालिएको छ । कर्मचारी बोलाएर होटलले सरसफाइसँगै आवश्यक व्यवस्थापन गर्न थालेको उनले बताए । होटल मात्र खुलेर नहुने भएकाले पर्यटकीय गतिविधिका लागि चितवन राष्ट्रिय निकुञ्ज प्रशासनसँग अनुमतिका लागि अनुरोध गरिएको उनको भनाइ छ ।

सौराहामा एक सय १० होटल छन् । यसैगरी साना ठूला एक सय हाराहारीका रेस्टुरेन्ट छन् । सौराहामा होटलमा प्रत्यक्षरूपमा पाँच हजार पाँच सयभन्दा धेरै कामदारले विभिन्न क्षेत्रमा रोजगारी पाएका छन् ।





  • प्रकाशित मिति : भदौ ३१, २०७७ बुधबार १६:५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया