सिराहामा कारागार नै आइसोलेसन

सिराहाको जिल्ला कारागारमा अधिकांश कैदीबन्दीमा कोरोनाभाइरस संक्रमण देखिएपछि कारागार नै आइसोलेसन सेन्टरमा परिवर्तन भएको छ । यो कारागारमा ७ सय ९७ कैदबन्दी रहेकामा ५ सय १४ जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

कारागारमा रहेका अधिकांश कैदीबन्दी नै संक्रमित भएपछि कारागारलाई नै आइसोलेसन सेन्टरमा परिवर्तन गरिएको हो । त्यहाँ अहिलेसम्म संक्रमण नदेखिएकालाई कारागार बाहिर छुट्टै ठाउँमा राख्ने तयारी भएको छ ।

नेपालमा सबैभन्दा धेरै कोरोनाभाइरस संक्रमित भएका जिल्लामध्ये सिराहा पनि एक हो । सिराहामा अहिलेसम्म १ हजार २ सय ८ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । यीमध्ये १० जनाले ज्यान गुमाएका छन् । अनि १ सय ९२ जनाले कोरोना जितेका छन् ।





  • प्रकाशित मिति : असोज २, २०७७ शुक्रबार ५:६:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया