आज संविधान दिवस : क-कसले पाए पदक ? ( सूचीसहित)

छैटौं संविधान दिवसका अवसरमा सरकारले  ५९४ जनालाई पदक तथा विभूषण प्रदान गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभूषण प्रदान गरेकी हुन्।

आजको गोरखापत्र दैनिकमा विभिन्न पदक तथा मानपदवी प्राप्त गर्नेहरुको सूची प्रकाशित  गरिएको छ ।  
 जसअनुसार सु–प्रसिद्ध प्रबल जनसेवा प्रथम वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई प्रदान गरिएको छ ।

यस्तै प्रसिद्ध प्रबल जनसेवा द्वितीय प्राप्ट गर्नेमा केहीदिन अघि मात्रै अवकास पाएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पुर्व प्रमुख आयुक्त नवीनकुमार घिमिरेसहित ४ जनाले पाएका छन् । यस पदक नेपाली सेनाका सेनापति पूर्णचन्द्र थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र न्यायाधीश दीपक कार्कीलाई प्रदान गरिएको छ ।


 सुकीर्तिमय राष्ट्रद्वीप तृतीय ७ जनालाई सु–प्रबल जनसेवा तृतीय ८७, कीर्तिमय राष्ट्रद्वीप चतुर्थ ८, प्रबल जनसेवा श्री चतुर्थ २४२ र जनसेवा श्री १०४ जनाले पाएका छन् ।

यस्तै विभिन्न विभूषणसहितको अलङ्कार ११४ र पदक २७ जनाले पाएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।

पदक पाउनेको सूची



 



  • प्रकाशित मिति : असोज ३, २०७७ शनिबार ९:१८:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया