नयाँ लुक्समा धोनी

इन्डियन प्रिमियर लिग (आइपिएल)को यो सिजनको सुरुवात आज शनिबारबाट भएको छ । पहिलो खेलमा चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्स भिडिरहेका छन् । 

१४ महिनापछि मैदानमा देखिएका चेन्नईका कप्तान महेन्द्र सिंह धोनी त्यसैले आज भारतमा निकै हटकेक बनिरहेका छन् । 

किनकि १४ महिनापछि नयाँ लुक्समा देखिएका धोनीका प्रशंसक भारतमा निकै छन् । उनले लकडाउन आफूलाई फिट राख्न निकै मेहनेत गरेको पनि बताएका छन् । 

आधा दाह्री राखेर मैदानमा उत्रिएका धोनीले यो आइपिएलमा कस्तो प्रदर्शन गर्नेछन् भन्ने हेर्न नै बाँकी छ । यो आइपिएल उनका लागि अन्तिम आइपिएल हुनसक्ने अनुमान पनि गरिएको छ । उनले लकडाउनकै समयमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरिसकेका छन् ।





  • प्रकाशित मिति : असोज ३, २०७७ शनिबार २२:१९:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया