आइपिएल २०२०ः चेन्नईले ५ विकेटले जित्यो मुम्बई इन्डियन्सलाई

विश्व महामारी कोरोनाभाइरसका कारण लामो समय रोकिएको भारतीय क्रिकेटको रोमान्चकता अब आजबाट सुरु भएको छ । यसका लागि भारतीय खेलाडीहरु अहिले अबुधाबी पुगिसकेका छन् । अनि त्यहाँ आजबाट सुरु भएको इन्डियन प्रिमियर लिग (आइपिएल)को पहिलो खेलमा चेन्नई सुपर किंग्सले मुम्बईमाथि जित निकालेको छ । आइपिएलको यो सिजनको पहिलो खेलमा चेन्नईले मुम्बईमाथि ५ विकेटको रोमान्चक जित निकालेको हो ।

चेन्नईले आइपिएलको ओपनिङमा डिफेन्डिङ च्याम्पियन मुम्बईमाथि जित निकालेको यो दोस्रो पटक हो ।

अबुधाबीमा खेलिएको यो खेलमा टस हारेर मुम्बईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको थियो । यसको जवाफका लागि क्रिजमा उत्रिएको चेन्नईले १९.२ ओभरमा ५ विकेट गुमाएर १ सय ६६ रन बनायो र खेल आफ्नो पोल्टामा पार्यो ।

१ सय ६३ रनको लक्ष्यको पिछा गर्दै मैदानमा उत्रिएको महेन्द्र सिंह धोनीले कप्तानी गरेको टिम चेन्नईले सुरुवाती ओभरमा चाहिँ खेल जित्ला भन्ने खालको प्रदर्शन गरेको थिएन । दोस्रो इनिङको सुरुवाती २ ओभरमा नै धोनीको यो टिमले २ विकेट गुमाएको थियो ।

तर, यो पारीलाई अंबाती रायडू र फाफ डू प्लेसिसले राम्रोसँग सम्हाले । यी दुईले क्रमशः ७१ रन र ५८ रन बनाए । तेस्रो विकेटका लागि १ सय १५ रनको साझेदारी गरेका यी दुईले नै आजको खेलमा चेन्नईलाई जिताएका हुन् । 

उता, पहिलो पारीको २० ओभरमा ९ विकेट गुमाउँदा मुम्बईले १ सय ६२ रन बनाएको थियो । यसका लागि सौरभ तिवारीले सबैभन्दा बढी ४२ रन, क्विंटन डिककले ३३ र किरोन पोलार्डले १८ रनको योगदान दिएका थिए ।



आजको खेलमा चेन्नईका लागि लुंगी एनगिडीले ३ विकेट लिएका थिए ।  

आजको खेलमा कोरोनाभाइरस संक्रमणलाई जितेका दीपक चाहरले खेलको पहिलो ओभर बलिङ गरेका थिए । उनको यो ओभरमा मुम्बईले १२ रन बनायो । 



यो टुर्नामेन्ट सुरु हुनभन्दा अगाडि चेन्नईका दीपक तथा रितुराज गायकवाडसहित १३ जना कोरोना संक्रमित भएका थिए । यीमध्ये रितुराज बाहेक सबैले कोरोना जितिसकेका छन् ।

  • प्रकाशित मिति : असोज ३, २०७७ शनिबार २३:५३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया