प्रिमियर लिगमा लिभरपुल र चेल्सी भिड्दै

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार (आज) चार खेल हुँदै छन् । चार खेलमध्ये चेल्सी तथा लिभरपुल बीचको खेलमा सबैको नजर रहनेछ ।

साबिक विजेता लिभरपुल र युवा खेलाडीले भरिएको चेल्सी बीचको खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गर्न सकिन्छ । 

खेल चेल्सीको घरेलु मैदान स्टामफोर्डमा नेपाली समय अनुसार सवा ९ बजे हुनेछ । घरेलु मैदानको फाइदा उठाउँदै लगातार दोस्रो जित निकाल्ने दाउमा रहेको चेल्सीलाई केही खेलाडीहरूको चोटले भने समस्यामा पार्न सक्छ ।

आजको खेलमा थिएगो सिल्भा, वेन चिलबेल, हाकिम जियाज तथा क्रिस्टियन पुलिसिच उपलब्ध नभए तापनि काइ हार्भाटेज र टिमो वर्नरको उपस्थितिले चेल्सीलाई केही राहत हुनेछ ।

लिभरपुल पनि लगातार दोस्रो जित निकाल्ने दाउमा हुनेछ । कुनै पनि मुख्य खेलाडी घाइते नभएकाले उसले चेल्सीविरुद्ध आफ्नो उत्कृष्ट टोलीलाई नै मैदानमा उतार्नेछ । हालसम्म यी दुई टोलीबीच १८६ खेलमा प्रतिस्पर्धा भएको छ । तीमध्ये लिभरपुलले ८१, चेल्सीले ६४ खेलमा जित हात पार्दा ४१ खेल बराबरीमा सकिएको छ । 

लिभरपुलले लिगको पहिलो खेलमा लिड्स युनाइटेडमाथि ४–३ को कठिन जित हात पार्दा चेल्सीले ब्राइटनमाथि ३–१ को सहज जित हात पारेको थियो । 



साँझ पौने ५ बजे हुने खेलमा साउथह्यामटनले घरेलु मैदान सेन्ट म्यारिस् स्टेडियममा टोटनहमको समनमा गर्ने छ । पहिलो खेलमा पराजय बेहोरेका दुवै टिम पहिलो जितको खेजिमा हुनेछन् । 

बेलुका पौने ७ बजे हुने खेलमा न्युक्यास्टल युनाइटेडले घरेलु मैदान सेन्ट जेम्स पार्कमा ब्राइटनको सामना गर्नेछ । न्युक्यास्टल लगातार दोस्रो जित निकाल्ने दाउमा हुनेछ भने ब्राइटन पहिलो जितको खेजीमा हुनेछ । 



अबेर राति पौने १२ बजे हुने खेलमा लेस्टर सिटीले घरेलु मैदान किङ्ग पावर स्टेडियममा बर्नेलीको सामना गर्नेछ । 

लेस्टर लगातार दोस्रो जित निकाल्ने दाउमा हुनेछ भने पहिलो खेल खेल्दै गरेको बर्नेली जित निकाल्दै सुखद् सुरुवात गर्ने दाउमा हुनेछ ।

  • प्रकाशित मिति : असोज ४, २०७७ आइतबार १२:१८:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया