विसं २०७६ को मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको उपन्यास महारानीलाई दिइने भएको छ । मदन पुरस्कार गुठीको साधारण सभा बैठकले वर्ष २०७६ को मदन पुरस्कार बानियाँ र जगदम्बा–श्री शान्ति ठटाललाई प्रदान गर्ने निर्णय गरेको हो ।
दुवै पुरस्कारको राशि चार लाख रुपैयाँ छ । यसअघि गुठीले पुरस्कारका लागि प्राप्त भएका १५१ पुस्तकबाट उत्कृष्ट सात कृति छानेको थियो ।
उत्कृष्ट सातको सूचीमा बाँनियको महारानीसँगै विमल निभाको ’जोकरको बन्दुक’, तीर्थ श्रेष्ठको ’धर्सैधर्साको चक्रव्यूह’, भुवन ढुङ्गानाको ’परित्यक्ता’, शारदा शर्माको ’यात्रामा’, योगी धर्ममहारसको महारसनिघण्टु (१–३), ललित विष्टको ’मोहपथ’ पनि परेका थिए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।