पदक तथा विभूषणमा खेल क्षेत्रलाई बेवास्ता

सरकारले शनिबार संविधान दिवसको अवसरमा ५९४ जनालाई विभिन्न पदक तथा विभूषण प्रदान गरेको छ । उक्त पदक तालिकामा खेल क्षेत्रलाई सम्बोधन गर्न नसकेको गुनासो बढेको छ । 

गत वर्ष स्वदेशमा नै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा राष्ट्रका लागि स्वर्ण पदक जित्ने केही विभागीय खेलाडीबाहेक अरुको नामावली त्यसमा समेटिएको छैन । यसले केवल खेलाडी मात्र नभएर पूरा खेल क्षेत्रले नै अपमानित भएको महसुस गरिएको छ । त्यसो त खेल क्षेत्रका १९ जनाको नाम पदक तथा विभूषणमा समावेश भएको भने छ । 

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ, नेपाली कांग्रेस खेलकुद विभाग लगायतले यसको विरोध गरेका छन् । 

एथ्लेटिक्स स्वर्ण विजेता सन्तोषी श्रेष्ठलाई यसले केही खिन्न बनाएको छ । ‘हुन त कुनै पदक नपाउँदैमा मलाई खासै फरक त पर्दैन तर फारम भराइसकेपछि किन दिइएन भन्ने लागेको छ, यसले अपमानित महसुस भएको छ,’ उनले फरक धारसँगको कुराकानीमा बताइन् ।

हुन त मलाई पदक दिन कुन–कुन मापदण्डहरु तोकिएको छ भन्ने थाहा छैन तर  आफूहरूलाई विभेद गरिएको हो कि जस्तो लागेको र यसो हुन नहुने, उनले बताइन् । 

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष तथा कराँते प्रशिक्षक दीपक श्रेष्ठ यसले खेलाडी निराश भएको बताउँछन् ।



‘यसले खेल क्षेत्रलाई दीर्घकालसम्म असर गर्नसक्छ । सरकारले खेलाडीहरूको संरक्षण गर्न नसकेको महसुस भएको छ । यसले पुराना खेलाडीलाई त निराश बनाएकै छ नयाँ खेलाडीलाई पनि सोच्न बाध्य बनाएको छ,’ उनले टेलिफोन कुराकानीमा बताए ।

नयाँ पुस्तालाई नेपालमा खेलेरै खाने वातावरण नभए पनि मान सम्मान पाइन्छ, समाजमा इज्जत हुन्छ भन्ने सोचाइ हुन्छ तर सरकारले यसरी बेवास्ता गर्दा  उनीहरूमा किन खेलकुदमा लाग्ने भन्ने प्रश्न उब्जिएको श्रेष्ठले बताए ।



नेपालमा त राष्ट्रको झण्डा बोक्नेलाई भन्दा पाटीको झण्डा बोक्नेलाई प्राथमिकता दिइन्छ कतिन्जेल खेलाडीले मात्र राज्यको बारेमा सोच्ने ? उनले प्रश्न गरे । 

नेपालमा गणतन्त्र आए तापनि खेल क्षेत्रलाई पहिलाको भन्दा हेपिएको श्रेष्ठले बताए ।

पहिला–पहिला खेलाडीलाई विभिन्न पदकहरू दिइन्थ्यो तर अहिले ती पदकहरू  कटौती भएको छ यसले खेल क्षेत्रलाई अपमान गरिएको महसुस गराएको श्रेष्ठले  आफ्नो निराशा पोखे ।

  • प्रकाशित मिति : असोज ४, २०७७ आइतबार १८:२२:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया