भारतका केन्द्रीय रेल राज्यमन्त्रीको कोरोनाले मृत्यु

भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश अंगडीको कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण मृत्यु भएको छ । 

कोरोना संक्रमण पुष्टि भएपछि एम्स अस्पतालमा भर्ना गरिएका ६५ वर्षका मन्त्री अंगडीको उपचारकै क्रममा मृत्यु भएको  भारतीय संचार माध्यमले जनाएका छन् । मन्त्री अंगडी ११ सेप्टेम्बरमा कोरोना पोजेटिभ रिपोर्ट आएपछि उपचारका लागि एम्समा पुगेका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अंगडीको निधनबारे जानकारी दिँदै ट्वीट गरेका छन् । मोदीले मन्त्री अंगडी पार्टीप्रति प्रतिवद्ध कार्यकर्ता भएको र उनी समर्पित सांसद र प्रतिभाशाली मन्त्री भएको भन्दै उनको प्रशंसा गरेका छन् । मोदीले उनको मृत्युले दुःखी बनाएको उल्लेख गर्दै यो घडीमा परिवारप्रति समवेदना व्यक्त गरेका छन् । 

‘श्री सुरेश अंगडी एक प्रतिबद्ध कार्यकर्ता हुनुहुन्थ्यो । जसले पार्टीलाई कर्नाटकमा बलियो बनाउनका लागि निकै मिहेनत गर्नुभएको थियो । उहाँ समर्पित सांसद् र प्रभावी मन्त्री हुनुहुन्थ्यो । सबै तब्कामा उहाँको सराहना गरिन्थ्यो । उहाँको मृत्यु दुखदायी छ’, मोदीले लेखेका छन्, ‘यो दुखको घडीमा मेरो समवेदना उहाँको परिवार र साथीसँग छ । ओम शान्ति ।’ 

सुरेश अंगडी कर्नाटकको बेलगामबाट १७ औं लोकसभामा निर्वाचित भएका थिए ।  





  • प्रकाशित मिति : असोज ८, २०७७ बिहीबार ५:३७:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया