आईपीएल : कप्तान रोहित चम्किदा मुम्बईसँग कोलकत्ता ४९ रनले पराजित

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा मुम्बई इण्डियन्सले कोलकत्ता नाइड राइर्डसलाई पराजित गरेको छ । 

मुम्बईले कोलकोत्तालाई ४९ रनले हराएको हो । टस हारेर पहिलो ब्याटिङ गरेको मुम्बईले दिएको १ सय ९६ रनको लक्ष्य कोलकोत्ताले पुरा गर्न सकेन । उसले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४६ रनमात्र बनायो । 

मुम्बईले पूरै २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १ सय ९५ रन बनाएको थियो ।

मुम्बईका लागि कप्तान रोहित शर्मा चम्किएका थिए । उनले ६४ बलमा ६ छक्का र ३ चौकाको सहयोगमा  ८० रन बनाए । रोहितले यही खेलमा आईपीएलमा २ सय छक्काको रेकर्डसमेत बनाएका छन् । 

मुम्बईका लागि सूर्यकुमार यादव ४७ र सौरभ तिवारी २१ र हार्दिक पाण्डयले १८ रन जोडे ।

कोलकत्ताका शिवम माभीले २ विकेट लिए भने सुनिल नारिने र आन्द्रे रसेलले १/१ विकेट हात पारे ।



यो सिजनको आइपीएलमा मुम्बईको यो पहिलो जित हो । अघिल्लो खेलमा चेन्नेईसँग पाँच विकेटले पराजित भएको थियो । जितसँगै मुम्बईले २ खेलमा २ अंक जोडेको छ ।  



  • प्रकाशित मिति : असोज ८, २०७७ बिहीबार ६:१:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया