स्याङजामा पहिरोमा पुरिएर एकै परिवारका पाँचको मृत्यु : चारजना बेपत्ता
उद्धारमा खटिएका स्थानीय र सुरक्षाकर्मी ।

लगातारको वर्षापछि आएको पहिरोमा पुरिएर स्याङजामा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । वालिङ–१४ तमादीकी माया नेपालीको घर पहिरोले पुरिँदा पाँच जनाको मृत्यु भएको हो । 

बिहीबार बिहान ६ बजे पहिरोमा पुरिएका पाँच जनाको शव निकालिएको हो । अहिलेसम्म तीन महिला र दुई पुरुषको शव निकालिएको छ । अझै चार जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय, स्याङजाका प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । 

प्रवक्ता अधिकारीका अनुसार पहिरोमा पुरिएका एकै परिवारका १० जनामध्ये १६ वर्षीया मनिषा नेपालीलाई जीवितै उद्धार गरेर उपचारको लागि पोखरा पठाइएको छ । 

पहिरोमा पुरिएर मृत्यु हुनेमा २८ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया सानी नेपाली र ९ वर्षीय विवश नेपाली छन् । 

पहिरोमा पुरिएकाको उद्धारका लागि स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि सहभागी छन् । निरन्तर पहिरो खसिरहेकाले उद्धारमा समस्या भएको प्रहरी प्रवक्ता अधिकारीले बताए । 
 





  • प्रकाशित मिति : असोज ८, २०७७ बिहीबार १०:२३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया