नेपालमा पछिल्लो समय कोरोनाभाइरसको प्रभाव बढ्दै गएको छ । झन्डै ७० हजार नेपालीमा कोरोना संक्रमण अब पुष्टि भइसकेको छ ।
त्यस्तै, नेपालमा कोभिड १९ का कारण ज्यान गुमाउनेको संख्या पनि अब ४ सय २९ भन्दा बढी भएको छ ।
नेपालमा कोरोनाका कारण काठमाडौंमा सबैभन्दा बढीले ज्यान गुमाएका छन् । कोरोनाका कारण अहिलेसम्म काठमाडौंमा ८१ जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा कोरोना संक्रमित सबैभन्दा बढी भएको जिल्ला पनि काठमाडौं नै हो । काठमाडौंमा अहिलेसम्म १५ हजार १ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
धेरै कोरोना संक्रमितले ज्यान गुमाएको अर्को जिल्ला हो, पर्सा ।
पर्सामा २६८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यीमध्ये ४५ जनाले त्यहाँ ज्यान गुमाइसकेका छन् । त्यस्तै, मोरङमा पनि २९ जनाले ज्यान गुमाइसकेका छन् । मोरङमा अहिलेसम्म २ हजार ९ सय २ जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
रुपन्देहीमा पनि पछिल्लो समय कोरोनाको प्रभाव बढेको छ । २२६२ जनामा कोरोना संक्रमण पुष्टि भएको रुपन्देहीमा २० जनाले ज्यान गुमाइसकेका छन् । १० भन्दा बढी कोरोना संक्रमितको निधन भइसकेको अर्को जिल्ला हो, बारा । बारामा १८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
धनुषा, चितवन र भक्तपुरमा कोरोनाबाट १७–१७ जनाले ज्यान गुमाएका छन् ।
१५ जनाभन्दा बढीले ज्यान गुमाएको अर्को जिल्ला हो, ललितपुर । ललितपुरमा १६ जनाले कोभिड १९ का कारण ज्यान गुमाएका छन् । महोत्तरी र बाँकेमा चाहिँ १२ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै, सुनसरी, सिरहा, मकवानपुर र कास्कीमा अहिलेसम्म ११–११ जनाले कोभिड १९ का कारण ज्यान गुमाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।