कैलालीमा सशस्त्र प्रहरी जवान मृत भेटिए

कैलालीमा सशस्त्र प्रहरीका एक जवान मृत फेलापरेका छन् ।

सुर्खेत घर भएका २२ वर्षीय प्रहरी जवान कुमार तारुमगर मृत फेला परेका हुन् । उनी बिओपी सशस्त्र प्रहरी गण धनगढीको जुगेडामा कार्यरत थिए । 

हिजो बेलुका कार्यालयबाट निस्केका उनी नफर्किएपछि खोजी कार्य गर्दा शनिबार बिहान ११ बजे धनगढी उपमहानगरपालिका–१४ को खुटिया खोलामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

घटनाबारे आफन्तलाई जानकारी गराएर सेती प्रादेशिक अस्पतालमा पोष्टमार्टम गर्ने तयारी भइरहेको प्रहरीको भनाइ छ । प्रहरी नायब उपरीक्षक विष्टले बताए।

शरीरमा चोटपटक नदेखिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : असोज १०, २०७७ शनिबार १८:१:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया